सिड्नी (अष्ट्रेलिया) । शनिबार बिहानदेखि जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।
आजको निर्वाचनले एनआरएनए अष्ट्रेलियामा आगामी २०२५–२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
आप्रवासी नेपाली समूदायले आफूले दुई वर्षपछि पुनः आफूले मन पराएको उम्मेदवारलाई जिताउन उत्साहपूर्वक मतदान गरिरहेका छन् ।
शनिबार बिहान ७ बजेदेखि जारी मतदान साँझ ६ बजेसम्म हुने छ । हालसम्म १२ः३० जम्म ६ हजार ९ सय ९६ जनाले मतदान गरिसकेको अष्ट्रेलिया निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार उत्साहजनक रुपमा एनआरएनए निर्वाचनमा मतदाताको सहभागी देखिएको छ । निर्वाचनमा १६ हजार ११३ जना मतदाता रहेका छन् ।



