Thursday, July 16, 2026
Zenith Migration Education
Thursday, July 16, 2026

मतको बलमा एसएनएन एनएसडब्लु महिला संयोजक पद जित्ने छु : आशा श्रेष्ठ

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । समाजसेवा र समुदायप्रतिको समर्पणका साथ अगाडि बढेकी आशा श्रेष्ठ एसएनएन एनएसडब्लु महिला संयोजक पदका लागि अब्बल उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएकी छन् ।

भोलि (शनिबार) हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनमा उनले राज गुरुङ नेतृत्वको टिमबाट उम्मेदवारी दिएकी हुन् ।

जुलाई २६ अर्थात भोलि हुने निर्वाचनले आगामी २०२५–२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

“मैले समाजसेवा कहिल्यै रोकेको छैन । समुदायको विश्वास, साथ र मतको बलमा यो पद जित्ने छु,” निर्वाचनको पूर्वसन्ध्यामा श्रेष्ठले भनिन् ।

उनी पेशाले नर्स हुन् । श्रेष्ठले आफ्नो व्यवसाय र पेशाबाट आर्जन गरेको आम्दानीबाट केहि अंश समस्यामा महिलाकाहरूलाई निरन्तर सहयोग गर्दै आएकी छन् ।

दयालु, नम्र र अग्रसर महिला नेतृको रूपमा चिनिने उनी नेपाली समुदायमा एक सशक्त र सकारात्मक प्रभाव राख्ने व्यक्तित्व मानिन्छिन् । “मतदाताहरूले मलाई जिताएर थप जिम्मेवारी दिनुहुनेछ भन्ने विश्वास छ,” उनले भनिन् ।

उनको जितको चर्चा अहिले समुदायमा बाक्लिँदै गएको छ । खासगरी महिला नेतृत्वको पक्षमा उभिने समुदायका धेरै सदस्यहरू उनलाई योग्य, समर्पित र व्यवहारिक नेतृको रूपमा हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु