Thursday, July 16, 2026
Zenith Migration Education
Thursday, July 16, 2026

हेल्प नेपाल स्पोर्ट्स क्लब स्वदेश फिर्ता

Zenith Migration Education

काठमाडौँ । काभा च्याम्पियन्स लिगमा सहभागी भएर हेल्प नेपाल स्पोर्ट्स क्लब स्वदेश फिर्ता भएको छ ।

मालेस्थित सोलस सेन्टरमा बुधबार तेस्रो स्थानका लागि भएको खेलमा हेल्प नेपालले श्रीलंका पोर्ट अथोरिटीलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो ।

टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मङ्गलबार भएको लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले श्रीलंका पोर्ट अथोरिटीलाई ३–० को सेटमा पराजित गरेको थियो ।

तर कीर्गिस्तान बिश्केकसँग समान अंक (११) भए पनि सेटको (२ सेटले पछि पर्दा) आधारमा हेल्प नेपाल तेस्रो स्थानमा रह्यो । हेल्प नेपालले लिग चरणमा चार जित र एक हार बेहोर्‍यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु