Thursday, July 16, 2026
Zenith Migration Education
Thursday, July 16, 2026

तराई–मधेशको सुक्खा क्षेत्रमा प्रधानमन्त्रीको हवाई अवलोकन

Zenith Migration Education

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेश–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु