Wednesday, July 15, 2026
Zenith Migration Education
Wednesday, July 15, 2026

उषा किरण बारिया पोखरेल एनएसडब्लु राज्य संयोजक पदकी बलियो महिला उम्मेदवार

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि जुलाई २६ मा हुने निर्वाचनको पूर्वसन्ध्यामा न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य संयोजक पदकी महिला उम्मेदवार उषाकीरण बारिया बलियो प्रत्याशीका रूपमा उभिएकी छन् । उनले टिम एकताबाट एनएसडब्लु राज्य संयोजक पदमा उम्मेदवारी दिएकी हुन् ।

समाजसेवा, महिला सशक्तिकरण र घरेलु हिंसाविरुद्धको अभियानमा लामो समयदेखि सक्रिय रहेकी बारिया समुदायमा लोकप्रिय छविका साथ चुनावी मैदानमा उत्रिएकी हुन् ।

उनले भनिन्, “म संयमित छु र नतिजाको पर्खाइमा छु । कृपया मेरो टिमलाई मत दिएर सहयोग गरिदिनुहोस् । म गुन सम्झने छु र सधैं समुदायको सेवामा समर्पित रहने छु ।”

गायक, कलाकार, समाजसेवी, व्यवसायी र युवाहरुको उल्लेख्य समर्थन पाएकी बारियाले महिला सहभागिता र नेतृत्वलाई सुदृढ बनाउन आफू अग्रपंक्तिमा रहने स्पष्ट पारिन् ।

उनको प्रतिबद्धता यस्तो छ, “घरेलु हिंसाविरुद्धको हरेक अभियानमा म अग्रसर हुनेछु ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु