Wednesday, July 15, 2026
Zenith Migration Education
Wednesday, July 15, 2026

रोशन भट्टराई टिमले नेपालको कर्णाली जिल्लालाई एम्बुलेन्स उपलब्ध गराउने

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य संयोजक पदमा उम्मेदवारी दिएका रोशन भट्टराई टिमले नेपालको कर्णाली जिल्लालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

अष्ट्रेलियामा विगत लामो समयदेखि शैक्षिक परामर्श तथा कार्यक्रम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहेका भट्टराई टिम कर्णालीका साघुँरा बाटोमा छटपटाइरहेका आमाहरुको ढाड बन्न आइपुगेका छन् ।

एनआरएनए अष्ट्रेलिया निर्वाचनको पूर्वसन्ध्यामा रोशन भट्टराईको टिमले नेपालको विकट जिल्ला कर्णालीलाई एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरेका हुन् ।

‘‘एक जुट भनेको केवल साथ होइन, यो त आत्माको आवाज हो, जहाँ एकले अर्कोलाई महसुस गर्छ, नदेखिकन पनि बुझ्छ ।’’ भट्टराईको टिमले भनेको छ, ‘‘टिम रोशनका युवाहरुले त्यो महसुस गरे, जहाँ जीवनभन्दा ठूलो केही हुँदैन ।’’

यो केवल सहयोग मात्र नभएर एउटा सन्देश भएको रोशन टिमको भनाइ छ । ‘‘जब मनहरु एउटै तालमा धड्किन्छन्, तब हिमालभन्दा अग्ला सपना सम्भव हुन्छन् ।’’

एनआरएनए अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि एनएसडब्लु राज्य संयोजक पदमा उम्मेदवारी दिएका रोसन भटराई बलिया प्रतिस्पर्धी उषा किरण बारिया पोखरेल र राज गुरुङसँग प्रतिस्पर्धा गर्दै जित्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएका छन् ।

उनले भने, “उषा किरण बारिया पोखरेल र राज गुरूङ जस्ता सक्षम प्रतिस्पर्धीहरू छन्, तर हाम्रो टिमले सेवा, पारदर्शिता र समावेशीताको भावनासहित काम थालिसकेको छ । हामी नतिजाभन्दा पनि समुदायको हितमा काम गर्न प्रतिबद्ध छौं ।”

भटराईले आफ्नो टिममा राकेश जोशीलगायत विभिन्न क्षेत्र र समुदायका प्रतिनिधित्वलाई समेट्दै सशक्त मोर्चाबन्दी गरेका छन् । उनको भनाइमा, “कर्णाली मात्र होइन, सिङ्गो नेपाल हाम्रो घर हो । सम्पूर्ण नेपाली समुदाय हाम्रो परिवार हो ।

हामीसँग धेरै सेवा गर्ने चाहना छ । सबैलाई हाम्रो टिममा जोडिन र हामीलाई मत दिएर विजयी गराउनु हुन अनुरोध गर्दछु ।”
झापाको केचनामा जन्मिएका भट्टराई काठमाडौँ हुँदै सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका थिए ।

हाल करिअर काउन्सिलरको रूपमा कार्यरत उनले अष्ट्रेलियामा इभेन्ट म्यानेजमेन्ट समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु