Wednesday, July 15, 2026
Zenith Migration Education
Wednesday, July 15, 2026

६ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

Zenith Migration Education

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम ती निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । ती कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु