Sunday, July 12, 2026
Zenith Migration Education
Sunday, July 12, 2026

कर्मचारी सरुवाको मापदण्ड परिमार्जन गर्न मन्त्री न्यौपानको निर्देशन

Zenith Migration Education

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवाको मापदण्ड परिमार्जन गर्न निर्देशन दिएकी छन् ।

मन्त्री न्यौपानेले मन्त्रालयका सचिव र सहसचिवहरुसँग निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना, काज सरुवासम्बन्धी मापदण्डलाई समयानुकल परिमार्जन गरी राय सुझाव पेस गर्न निर्देशन दिएकी हुन् ।

मापदण्ड समयानुकल परिमार्जन गरेपछि मात्रै कर्मचारीहरुको सरुवासम्बन्धी काम हुने भएकाले जतिसक्दो चाँडो सुझाव पेस गर्न मन्त्री न्यौपानेले निर्देशन दिएकी छन् ।

उनका अनुसार विगतमा बनेका मापदण्ड कार्यान्वयन नभएको हुँदा अब उक्त मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने छ ।

मन्त्री न्यौपानेले कर्मचारी सरुवालाई पूर्वअनुमानयोग्य बनाउन पनि निर्देशन दिएकी छन् ।

यसैगरी, निजामती कर्मचारीहरुको गुनासो सुुनुवाइका लागि मन्त्रालयमा छुट्टै गुनासो सुनुवाइ संयन्त्र पनि निर्माण गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु