रसुवा । दुई दिन अघि मात्र खुलेको स्याफ्रुबेसी रसुवागढी सडक पुनः अवरुद्ध भएको छ । पासाङल्यामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेशी बजारस्थित क्लबडाँडामा हिजो राति देखि परेको अबिरल वर्षाका कारण पहिरो जाँदा सडक भासिएर अवरुद्ध भएको हो ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा पासाङ ल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेशी हुँदै काठमाडौँ जाने तथा काठमाडौँबाट धुन्चे हुँदै स्याफ्रुबेशीतर्फ आउने साना तथा ठूला सवारी साधन दुवैतर्फ रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
असवरल वर्षाका कारण सो स्थानमा थप पहिरो जान सक्ने भएकाले सवारी आवागमन रोकिएको रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताए । स्थानीय बासिन्दा तथा लाङटाङतर्फ आवतजावत गर्ने पर्यटकहरु पनि प्रभावित भएका छन् ।



