सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया निर्वाचन २०२५–०२७ का लागि सशेन्द्र गौतम केसीले एनआरएनए एमसीसी भिक्टोरिया डिपुटी कोअर्डिनेटर पदमा उम्मेदवारी दिएको जानकारी दिएका छन् ।
यही जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलिया निर्वाचनका लागि गौतमले सो पदमा उम्मेदवार दिएका हुन् ।
उनले आफ्नो कार्यकालमा पारदर्शिता, प्रक्रियागत मर्यादा, समाजिक समावेशिता र युवा सशक्तिकरणका विषयलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो उम्मेदवार सार्वजनिक गरे ।
उम्मेदवार सार्वजनिक गर्ने क्रममा गौतमले भनेका छन्, “म तपाईंहरू सबैलाई आश्वस्त गराउन चाहन्छु कि मेरो कार्यकाल भरि म सम्पूर्ण गतिविधिमा पारदर्शिता सुनिश्चित गर्नेछु, समुदायबीच आपसी समन्वय र सद्भाव कायम राख्नेछु, युवाहरूलाई विभिन्न प्लेटफर्म मार्फत जोड्ने र उत्प्रेरित गर्नेछु, र आवश्यक परेमा सामाजिक समस्या समाधानमा सजिलै पहुँचयोग्य हुनेछु ।”
साथै सम्पूर्ण एनआरएनए भिक्टोरिया समुदायसँग साथ, सहयोग र हौसला प्रदान गर्न अनुरोध गर्दै उनले भने, ‘‘म यस यात्रामा तपाईंहरुको साथ र विश्वासको अपेक्षा गर्दछु । हामीसँगै भए परिवर्तन सम्भव छ ।’’
समावेशी दृष्टिकोण, पारदर्शी कार्यशैली र युवामैत्री नेतृत्वको मार्ग दर्शन गर्ने अठोटसहित गौतमको उम्मेदवारीलाई भिक्टोरिया समुदायबाट उत्साहजनक प्रतिक्रिया प्राप्त हुने अपेक्षा गरिएको छ ।



