Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

काठमाडौँ महानगरको छात्रवृत्तिको नतिजा सार्वजनिक

Zenith Migration Education

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृति परीक्षाको नतिजा सार्वजनिक भएको छ । शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भएको प्रवेश परीक्षाका नतिजा सार्वजनिक भएको हो ।

महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा हेर्न प्राप्त पासवर्ड र विवरणबाट लगइन गरी रिजल्ट हेर्न सकिन्छ । परीक्षा ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो ।

महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४ हजार १७३ विद्यार्थीले शनिबारको परीक्षामा सहभागिता जनाएका थिए ।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहु वैकल्पिक प्रश्नहरू सोधिएका थिए ।

गलत उत्तरका लागि नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक रहेको शिक्षा विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु