Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

दुई दशक कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

Zenith Migration Education

काठमाडौँ । साउदी अरबका राजकुमार अल वादिल बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका राजकुमार वालिद २० वर्षदेखि कोमामा थिए ।

लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए ।

गल्फ न्यूजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो ।

उपचारमा अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा फर्कन सकेनन् ।

साउदी अरबको विशेष स्वास्थ्य केन्द्रले १९ जुलाई २०२५ मा राजकुमार वालिदको निधनको समाचार सार्वजनिक गरेको हो । उनको निधनको समाचार सार्वजनिक भएपछि उनीप्रति व्यापक श्रद्धाञ्जली अर्पण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु