Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल

Zenith Migration Education

काठमाडौँ । नेपालले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्धको दोस्रो खेलको पहिलो हाफमै फराकिलो अग्रता लिएको छ ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउन्डमा शनिबार जारी खेलमा नेपालले ६–० को अग्रता लिएको हो । नेपालका पूर्णिमा राईले ह्याट्रिक गरिन् । मीना देवाले दुई र समीक्षा मगरले एक गोल गरिन् ।

खेलको ४४औं सेकेन्डमै नेपालले सुरुआती अग्रता लिएको छ । सरिता नाथको लामो प्रहारलाई भुटानी डिफेन्डरले रोक्ने प्रयास गरेका थिए । तर, सिक्स यार्ड बक्सनजिक रहेकी मीनाको खुट्टामा बल पुग्यो । उनले उक्त बललाई माथिल्लो बारतर्फबाट सहजै गोलमा परिणत गरिन् ।

नवौं मिनेटमा समीक्षाले अर्को गोल थपिन् । सुक्रिया मियाँको लामो पासलाई पेनाल्टी बक्सनजिक रहेकी मीनाले रोकेको थिइन् । उनले भुटानी डिफेन्डरलाई रोक्दै दिएको बललाई समीक्षाले लामो प्रहारमार्पत गोलमा परिणत गरेकी हुन् ।

त्यसको तीन मिनेटपछि नै मीनाले व्यक्तिगत दोस्रो गोल गरिन् । सुक्रिया एक्लैले पेनाल्टी बक्सनजिक पुर्‍याएर उपलब्ध गराइदिएको बललाई भुटानी गोलकिपरले रोकेकी थिइन् । तर, रिबाउन्डमा उनले हल्का टच गर्दै गोल गरिन् ।

२३औं मिनेटमा नेपालले अग्रता ४–० मा पु¥यायो । मीनाले दिएको पासलाई गोल लाइनजिक रहेकी पूर्णिमाले सहजै गोलमा फरिणत गरिन् । इन्जुरी समयमा पूर्णिमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरिन् ।

सरिताले प्रहार गरेको बल भुटानी गोलकिपरले बचाउने प्रयास गरेकी थिइन् । तर, रिबाउन्डमा आएको बललाई पूर्णिमाले हेडरमार्फत गोल गरिन् ।

इन्जुरी समयको अन्तिम सेकेन्डतिर पूर्णिमाले ह्याट्रिक पूरा गरिन् । सेनु परियारले बक्सबाट दिएको कट पासलाई उनले भुटानी डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बलले सिधै जाली चुम्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु