Wednesday, April 15, 2026
Zenith Migration Education
Wednesday, April 15, 2026

एनआरएनए चुनावी अभियान तीव्र, कोषाध्यक्षका उम्मेदवार चौलागाईं पर्थमा

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका निजन चौलागाईं पर्थ पुगेका छन् । आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै चौलागाईं पर्थ पुगेका हुन् ।

समाजसेवा र व्यवसाय दुबै क्षेत्रमा सक्रिय चौलागाईं नेपाली समुदायमा लोकप्रिय तथा विश्वासिलो व्यक्तित्वका रूपमा चिनिन्छन् । उनी टिम सन्तोष कुँवरको तर्फबाट कोषाध्यक्ष पदका उम्मेदवार हुन् ।

चौलागाईं अष्ट्रेलियाका विभिन्न राज्य र सहरहरूमा पुगेर नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन जुटाउने कार्यमा सक्रिय रहेका छन् । हालै उनले सिड्नीबाट पर्थ यात्रा गर्दै त्यहाँको समुदायसँग अन्तरक्रिया गरेका छन् ।

पर्थमा आयोजित भेटघाटका क्रममा “हामीसँग स्पष्ट कार्ययोजना, पारदर्शिता र जनसमर्थन छ । विश्वास छ, जित हाम्रो नै हुनेछ ।” उनले भनेका छन् ।

चौलागाईंले आफू कोषाध्यक्षमा निर्वाचित भएमा आर्थिक पारदर्शिता, संस्थागत सुदृढीकरण र सहकार्यमा आधारित नेतृत्व स्थापना गर्ने लक्ष्य राखेको स्पष्ट पारेका छन् : आर्थिक पारदर्शिता र सुदृढीकरण स् स्थायी र जवाफदेही आर्थिक व्यवस्थापन प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता गरेका छन् ।

विविध वित्तीय स्रोतको खोज : सरकारी अनुदान, साझेदारी तथा नवप्रवर्तनमूलक आम्दानीका माध्यमको पहिचान गरिने, राज्यस्तरीय समन्वय : राज्य र फोरम कोषाध्यक्षहरूसँग सहकार्य गर्दै वित्तीय एकता र सशक्त सहकार्य प्रवर्धन गरिने, लागत प्रभावकारी कार्यक्रम : नेपाल महोत्सवजस्ता कार्यक्रमको बजेट व्यवस्थापनमा सुधार गरी संस्थाको आर्थिक उद्देश्यसँग सन्तुलन मिलाइने र कार्यसमितिसँग सहकार्य नव–निर्वाचित कार्यसमितिसँग सहकार्य गर्दै साझा लक्ष्यमा केन्द्रित रहने प्रतिबद्धता चौलागाईंको छ ।

“समुदायको सेवा गर्दै आएको अनुभव र इमान्दारितामा आधारित दृष्टिकोणका साथ म कोषाध्यक्षको भूमिकामा योगदान गर्न तयार छु ।” उनले भने, “समुदायको सेवा गर्दै आएको अनुभव र इमान्दारितामा आधारित दृष्टिकोणका साथ म कोषाध्यक्षको भूमिकामा योगदान गर्न तयार छु ।”

अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य समन्वय परिषदको सदस्य, नेपाल महोत्सव टास्कफोर्स सदस्य तथा Nepali Australian Youth Association (NAYA)का पूर्व अध्यक्ष समेत रहेका चौलागाईंले “म नयाँ कार्यसमितिसँग मिलेर एनआरएनए अष्ट्रेलियालाई अझ व्यवस्थित, पारदर्शी र सुदृढ बनाउने अभियानमा समर्पित छु,” भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु