काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टेलिग्राम एप बन्द गरेको छ । शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो ।
टेलिग्राममार्फत अनलाइन ठगीको सङ्ख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ समेत यसैमार्फत हुने गरेको भन्दै सरकारले बन्द गर्ने निर्णय लिएको हो ।
‘‘अनलाइन फ्रडको सङ्ख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने÷बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ,’’ प्राधिकरणको सूचनामा भनिएको छ ।



