Saturday, May 9, 2026
Zenith Migration Education
Saturday, May 9, 2026

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणको तयारीमा

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मधय एसियाली देश तुर्कमेनिस्तानको भ्रमणमा जाने तयारीमा छन् ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरुको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) मा सहभागी हुन तुर्कमेनिस्तान जाने तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उक्त देशको भ्रमणमा जानका लागि आवश्यक तयारी भइरहेको छ । एलएलडीसी थ्री सम्मेलन आगामी अगस्ट ५–८ मा हुँदैछ ।

एलएलडीसीमा नेपालसहित विश्वका ३२ वटा देश आबद्ध छन् । त्यसमध्ये सबभन्दा अफ्रिकाबाट १५ वटा देश छन् भने एसियाबाट १२ देश रहेका छन् ।

एसियाली मुलुकमा नेपालसहित अफगानिस्तान, आर्मेनिया, अजरबैजान, भुटान, कजाखस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु