Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

Zenith Migration Education

गोपालगञ्ज (बङ्गलादेश) । अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको एक दिनपछि प्रहरीले बिहीबार २० जनालाई पक्राउ गरेको जनाएको छ ।

पूर्व प्रधानमन्त्री हसीनाको गृहनगर गोपालगञ्जमा उनको अवामी लिग पार्टीका सदस्यहरूले नेशनल सिटिजन्स पार्टी (एनसीपी) को र्‍यालीलाई विफल पार्न खोजेपछि बुधबार झडप भएको प्रहरीले बताएको छ ।

झडप भएको क्षेत्रमा इँटा, ढुङ्गा र फुटेका झ्यालका सिसाहरू थुप्रिएका देखिन्थ्यो । कर्फ्यू लागू गर्न जिल्लामा एक हजार ५०० भन्दा बढी प्रहरी, सैनिक र सीमा रक्षक परिचालन गरिएको छ ।

“गोपालगञ्जमा कानुनी व्यवस्थाको स्थिति अहिले सामान्य बनेको छ र शान्तिपूर्ण छ,” प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। बङ्गलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको गृहनगर गोपालगञ्ज हो भने मा उहाँकी छोरी हसिनाले पनि यस जिल्लाबाट चुनाव लड्का थिए ।

गोपालगञ्ज जिल्ला अस्पतालका निर्देशक जीवितेश विश्वासले बिहीबार झडपपछि चार जनालाई मृत अवस्थामा ल्याइएको बताउनुभएको छ । विश्वासका अनुसार अस्पतालअगाडि पनि गोली चलाइएको थियो र कम्तीमा १८ जना घाइतेलाई पनि ल्याइएको थियो ।

“तीमध्ये तीनजनाको छाती, टाउकोको पछाडिको भाग र खुट्टामा चोट लागेको छ,” उनले भने । १८ वर्षीय मिस्त्री रामजन शेखको गोली लागेर मृत्यु भएको उनको परिवारका सदस्यले एएफपीलाई बताए ।

रम्जनका काका मोहम्मद कलिम मुंशीले भने, “तिनीहरूले उनको छातीमा कुल्चेका थिए । जब हामी अस्पताल पुग्यौँ, उनको मृत शरीर रगतले लतपतिएको भेट्टायौँ ।” एएफपीले उक्त दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न सकेन ।

बङ्गलादेशी सेनाले ‘अनियन्त्रित भीड’लाई नियन्त्रण गर्न प्रहरीसँगै आफ्ना सैनिकले हस्तक्षेप गरेको बताएको छ ।
“तर, सुरषाकर्मीको हस्तषेपपछि भीड थप आक्रामक भयो, डुङ्गा र इँटासहितका सामान फ्याँकेर सेनालाई आत्मरक्षाका लागि बल प्रयोग गर्न बाध्य बनायो,” विज्ञप्तिमा भनिएको छ ।

नाम नबताउने शर्तमा गोपालगञ्जका २४ वर्षीय एक युवकले भने, “रहमानप्रति कुनै पनि अनादर स्वीकार्ने छैन भन्ने कुरा सत्ताधारी समूहले बुझ्नुपर्छ ।”

“सरकारको संरक्षणमा नेताहरूले मुजिबुर रहमानविरुद्ध लगातार मानहानि गरिरहेका छन् । उहाँप्रति कुनै पनि अनादर स्वीकारिने छैन भन्ने कुरा सत्ताधारी समूहले बुझ्नुपर्छ ।”

मानव अधिकारवादी संस्था ऐन ओ सलिश केन्द्रले गोपालगञ्जका जनतामाथि अत्यधिक बल प्रयोग गर्नु र उनीहरूमाथि गोली चलाउनु मानव अधिकारको मापदण्ड र संविधानको ठाडो उल्लङ्घन भएको बताएको छ ।

बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले एनसीपीको र्‍यालीलाई असफल पार्ने प्रयास ‘उनीहरूद्वारा भएको जनताको मौलिक अधिकारको लज्जास्पद उल्लङ्घन’ भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु