Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

रामेछापमा युवतीमाथि खुकुरी प्रहार

Zenith Migration Education

काठमाडौँ । रामेछापमा युवतीमाथि खुकुरी प्रहार भएको छ । उमाकुण्ड गाउँपालिका–६ स्थित गुप्तेश्वरमा २७ वर्षीया एसिला सुनुवारमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट उनको बायाँ हात पछाडिको पातामा चोक लागेको छ ।

बिहीबार उनलाई ३२ वर्षीय रजिन सुनुवारले खुकुरी प्रहार गरेका हुन् । उनलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

रामेछापका डीएसपी भोला भट्टका अनुसार खुकुरी प्रहारमा संलग्न रजिनलाई पक्राउ गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु