बर्दिबास । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरापलिकाका प्रमुख रामपुकार साह एक लाख घुस रकमसहित पक्राउ गरेको छ । बुधबार करिब पौने २ बजे आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिइएको बताइएको छ । अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।



