Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

यु–१६ युथ लिगः शीर्ष स्थानमा रहन मच्छिन्द्र र सङ्कटाको दाबेदारी

Zenith Migration Education

काठमाडौँ । सङ्कटा र मच्छिन्द्र क्लवले मङ्गलवार चौथो खेलमा सफलता निकाल्दै एन्फा यु–१६ युथ लिगमा तेस्रो जित प्राप्त गरेका छन् । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आफ्नो सङ्कटाले विभागीय टोली एपिएफ क्लवलाई ६–१ र मच्छिन्द्रले श्री भगवती क्लवलाई ६–० ले हराउँदै जारी लिगमा तेस्रो जित निकालेका हुन् । अपराजित मच्छिन्द्रसँगै सङ्कटाले तेस्रो जित निकाल्दै शीर्षताको दाबेदारी दिएका छन् ।

सङ्कटा शुरुवातमा एक गोलले पछि थियो । तर सङ्कटाले ६ गोल फर्काउँदै उत्कृष्ट पुनरागमनसहित फराकिलो जित निकाल्यो । खेलको पहिलो हाफमा नै गोल हुन सकेन । तर खेलका सातवटै गोल दोस्रो हाफमा भए । सङ्कटाका लागि प्रजलकुमार लुम्रेले दुई गोल गरे । सुमित बलाम्पाकी, पेम्बा तामाङ, आयुष बराम र नवराज तिरुवाको नाममा एक गोल रह्यो ।

खेलको ४७औं मिनेटमा प्रशिष खनालको गोलबाट एपिएफले अग्रता लिएको थियो । तर एपिएफले त्यो अग्रता गुमाउँदै उल्टै ६ गोल सामना ग¥यो । ५२औं मिनेटमा सुमितले गोल गर्दै सङ्कटालाई बराबरीमा ल्याए । ६२औं मिनेटमा भने सङ्कटाले अग्रता लियो । सङ्कटाका लागि प्रजलकुमारले गोल गरेका हुन् । पेम्बाले ७५औं मिनेटमा गोल गरेपछि सङ्कटाले अग्रता बढायो । खेल सकिन लागेपछि सङ्कटाले तीन गोल थप्यो । आयुसले ८७औं मिनेटमा र प्रजलकुमारले ९० औं मिनेमा गोल लगातार गोल गरे । इन्जुरी समयमा नवराजले गोल थपेपछि संकटाले एपिएफमाथि ६–१ उत्कृष्ट जित निकाल्यो ।

जितसँगै सङ्कटा चार खेलबाट ९ अङ्कसहित अङ्कतालिकाको चौथो स्थानमा उक्लिएको छ । एपिएफ तेस्रो हारसँगै १२ औं स्थानमा झरेको छ । यससँगै चौथो चरणको खेल सकिएको छ । विभागीय टोली नेपाल पुलिस क्लब १२ अङ्कसहित साथ शीर्ष स्थानमा छ । मङ्गलबार नै विकास थापाको ह्याट्रिक प्रेरणामा मच्छिन्द्रले श्री भगवतीमाथि फराकिलो जित निकालेको हो । राहुलकुमार योञ्जनले दुई र करण धामीले एक गोल थपे । मच्छिन्द्रले दुवै हाफमा समान तीन गोल गर्‍यो । राहुलकुमारले खेलको २०औं मिनेटमो गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए । विकासले २५औं मिनेटमा सङ्कटाको दोस्रो गोल गरे ।

पहिलो हाफको थप समयमा राहुलकुमारले व्यक्तिगत दोस्रो गोल थपे । त्यसपछि दोस्रो हाफमा लामो समयसम्म श्री भगवतीले मच्छिन्द्रको आक्रामणलाई राक्ने प्रयास गर्‍यो । तर, अन्तिम १० मिनेटमा मच्छिन्द्रले फेरि तीन गोल थप्यो । ८०औं मिनेटमा विकासले गोल गर्दै मच्छिन्द्रलाई ४–० ले अगाडि बढाए । करणले ९०औं मिनेट गोल थपे । इन्जुरी समयमा विकासले गोल गर्दै ह्याट्रिक पूरा गरे । यससँगै मच्छिन्द्रले ६–० को फराकिलो जित निकाल्यो । यो जितसँगै मच्छिन्द्र १० अङ्क बटुल्दै अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म एक खेल पनि नजितेको सातदोबाटो युवा क्लब पुछारमा छ ।

मङ्गलबार नै भएको तेस्रो खेलमा अन्तिम समय समालिन नसक्दा एनआरटीले जावलाखेलसँग १–१ को बराबरी सामना गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो । तर दोस्रो हाफमा एनआरटीले शुरुवात अग्रता लियो । सुगम रानाको गोलबाट एनआरटीले अग्रता लिएको हो । खेल सकिन लाग्दा एनआरटी जितततर्फ उन्मुख थियो । तर जावलाखेलका विविध राज राईले इन्जुरी समयमा गोल फर्काउँदै आफ्नो टोलीलाई हारबाट जोगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु