Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

त्रिशूलीमा खस्यो मिनी ट्रक

Zenith Migration Education

नारायणगढ । नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतिय मिनि ट्रक त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मङ्गलबार करिब राति १०ः२५ बजे मिनि ट्रक त्रिशूलीमा खसी दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनकका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतबाट मेवा बोकेर काठमाडौँ जान लागेको युपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनि आईचर ट्रक आफैँ अनियन्त्रित भई सडकदेखि करिव ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो ।

भारत लखनौका ट्रक चालक २१ वर्षीय आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह दुर्घटनामा घाइते भएका छन् । उनीहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु