Tuesday, September 8, 2026
Zenith Migration Education
Tuesday, September 8, 2026

मिस नेपाल २०२५ को आवेदन खुला

Zenith Migration Education

मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ।

ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गरी आयोजक संस्था ‘द हिडेन ट्रेजर’ले मिस नेपाल २०२५ का लागि आवेदन खुला गरेको हो।

प्रतियोगितामा सहभागी हुन आवेदन दिने म्याद असार २६ गतेसम्म रहेको छ। प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्ने र उमेर १८ देखि २७ वर्षको बीचमा हुनपर्ने भनिएको छ।

सहभागी हुन नेपाली नागरिकता अनिवार्य गरिएको छ। प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो गरी चार विधामा विजेता घोषणा गर्ने आयोजकले जनाएको छ।

मिस नेपाल २०२५ को अन्तिम अडिशन असार २८ गते काठमाडौंमा हुनेछ। मिस नेपाल २०२५ को फिनाले आगामी भदौ १४ गते शनिबार गोदावरीस्थित सनराइज कन्भेन्शन सेन्टरमा हुने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु