Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

एनआरएनए अष्ट्रेलियाबाट जाजरकोटमा भत्किएको विद्यालय पुनर्निर्माण 

Zenith Migration Education

जाजरकोट — २०७७ साल कात्तिक १८ गते जाजरकोटमा आएको ४ रिक्टर स्केलको भूकम्पले भेरी नगरपालिका–२, बाहुनथानास्थित श्री शंकर भवन माध्यमिक विद्यालयको भवन पूर्ण रूपमा भत्किएको थियो। उक्त विद्यालयको पुनर्निर्माण गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पहलमा सम्पन्न भएको छ।

कुल ४० हजार अष्ट्रेलियन डलर बराबरको लागतमा सम्पन्न भएको पुनर्निर्माण परियोजनामा एनआरएनए अष्ट्रेलियाले २५ हजार डलर सहयोग जुटाएको हो भने बाँकी रकम स्थानीय स्रोत तथा श्रमदानबाट जुटाइएको हो।

शुक्रबार एक कार्यक्रमकाबीच विद्यालय भवनको उद्घाटन गरिएको छ। कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, क्षेत्रीय संयोजक दिनेश पोखरेल र क्वीन्सल्याण्ड संयोजक शम्भु घैँसीको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा अध्यक्ष पोखरेलले प्रवासमा रहेका नेपालीहरू मातृभूमिको दुःखमा साथ दिन सधैं तत्पर रहने बताए। “सामुदायिक स्तरमै असर परेको यस्तो आपतमा प्रवासी नेपालीहरूको सानो योगदानले ठूलो प्रभाव पार्छ भन्ने सन्देश हामी दिन चाहन्छौं,” उनले भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय जनप्रतिनिधि र अभिभावकहरूले एनआरएनए अष्ट्रेलियाको सहयोगप्रति आभार प्रकट गरेका थिए। स्थानीयहरूले पुनर्निर्माणपछि बालबालिकाले सुरक्षित र सहज वातावरणमा अध्ययन गर्न पाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु