Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

अष्ट्रेलियामा रहेका नेपालीको सरोकारमा प्रधानमन्त्रीसँग एनआरएनएको गम्भीर संवाद

Zenith Migration Education

काठमाडौँ —

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष अनिल पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष भेटवार्ता गर्दै अष्ट्रेलियामा रहेका नेपाली समुदायका सरोकारका विषयमा गम्भीर छलफल गरेको छ।

प्रधानमन्त्री निवासमा सम्पन्न उक्त भेटमा प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको प्रभावकारी कार्यान्वयन, प्रवासी नेपाली लगानीकर्ताका लागि अनुकूल लगानी वातावरण सिर्जना, अष्ट्रेलियन अर्थतन्त्रमा नेपाली विद्यार्थीहरुले पुर्‍याएको योगदानको कदर, र त्यसको प्रतिफलस्वरुप नेपाल–अष्ट्रेलिया बीच भएको व्यापार तथा लगानी प्रवर्द्धन सम्बन्धी TIFA (Trade and Investment Framework Agreement) लाई प्रभावकारी बनाउन जोड दिएको थियो।

भेटमा उच्चस्तरीय भ्रमण आदानप्रदानमार्फत द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुपर्ने, एनआरएनएको एकीकृत साधारणसभा (AGM) सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र त्यससम्बन्धी अन्य नीतिगत विषयमा पनि ध्यानाकर्षण गराइएको थियो।

अध्यक्ष पोखरेल नेतृत्वको टोलीले विश्वभर छरिएर रहेका नेपाली समुदायसँग निरन्तर संवाद गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता र समय दिनु भएकोप्रति आभार प्रकट गर्दै सरकारसँग सहकार्यको भावना पुनः व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु