Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

राष्ट्रपति पौडेलले आह्वान गरे संघीय संसदका दुवै सदनको अधिवेशन 

Zenith Migration Education

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले १२ वैशाख दिउँसो १ बजेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१/२ को सिफारिसमा संवत् २०८२ साल वैशाख १२ गते शुक्रबारका दिन १३:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १२ वैशाखको दिउँसो १ बजे बस्ने गरी संघीय संसदका दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु