Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

भाटभटेनी लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षा गार्डलाई सम्मान

Zenith Migration Education

चैत १५ गते राजावादीको हिंसात्मक आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केट लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन बहादुरी देखाएका सुरक्षा गार्ड दुलप्रसाद पराजुली पुरस्कृत भएका छन् ।

मंगलबार आयोजित विशेष समारोहमा भाटभटेनीले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँको नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले स्वयं उपस्थित भई दुबोको माला लगाएर पराजुलीलाई सम्मान गरे । पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।

गत चैत १५ गते राजावादी समूहको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए । उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीहरूलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु