सिड्नी – सिड्नीको अर्बनस्थित विनर्स सर्कल एजुकेशन एण्ड भिषा सर्भिसेस छोटो समयमा नै शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै अघि बढिरहेको छ। स्थापना भएको एक वर्षमै विद्यार्थीहरूको मन जित्न सफल यस संस्थाले कम्वरल्याण्ड सिटी काउन्सिलको लोकल बिजनेस अवार्ड अन्तर्गत बेस्ट एजुकेसन सर्भिसेस विधामा पुनः मनोनयन प्राप्त गरेको छ।

यसअघि पनि सोही विधामा मनोनयनमा परेको विनर्स सर्कलको नाम दोस्रो पटक चयन हुनु यसको निरन्तर सफलताको प्रमाण हो। विद्यार्थीहरू माझ यस संस्थाले आर्जन गरेको विश्वास र उत्कृष्ट सेवा प्रवाहका कारण यो उपलब्धि सम्भव भएको बताइएको छ।
संस्थाका प्रमुख रोशन खतिवडा भन्छन्, “हाम्रो मिहिनेत, लगनशीलता र विद्यार्थीहरूसँगको पारदर्शी सम्बन्धकै कारण पुनः मनोनयन प्राप्त गर्न सफल भएका छौँ।” उनले आगामी दिनहरूमा पनि विद्यार्थी तथा समुदायको साथ र विश्वास प्राप्त हुने अपेक्षा राख्दै विजयी बनाउन भोट गर्न आग्रह गरेका छन्।
यसरी दिन सकिन्छ भोट
👉 Step 1: तलको लिङ्क क्लिक गर्नुहोस् –
🔗 Vote Here🔗 Vote Here
👉 Step 2: आवश्यक विवरण भर्नुहोस्
👉 Step 3: आफ्नो इमेल इनबक्समा गएर भोट कन्फर्म गर्नुहोस्
मतदानको समय सिमित भएकाले चाँडो गर्न अनुरोध गरिएको छ। प्रत्येक भोट महत्वपूर्ण हुने भएकाले स्थानीय नेपाली समुदायको साथको अपेक्षा गरिएको छ।



