Sunday, September 6, 2026
Zenith Migration Education
Sunday, September 6, 2026

सरकारले बर्खास्त गरेपछि सर्वोच्च पुगे कुलमान, हितेन्द्रदेव पनि सर्वोच्चमा

Zenith Migration Education

सरकारले नेपाल विदुत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङ न्यायका लागि सर्वोच्च अदालत पुगेका छन् । गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै उनी बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।

उनले सरकारको निर्णय बदर गर्नका साथै आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग सहित उनी सर्वोच्च पुगेका हुन् । नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई उनले विपक्षी बनाउँदै सर्वोच्च रिट निवेदन दिएका छन् ।

सरकारले गत सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

वि.सं.२०७८ साउन २५ मा दोस्रो पटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको चार वर्षे कार्यकाल आगामी साउन २४ मा सकिँदै थियो ।

सेवासुविधा माग्दै हितेन्द्रदेव पनि सर्वोच्चमा

नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य सेवा सुविधा माग गर्दै सर्वोच्च पुगेका छन् । उनले बुधबार पेश गरेको आफ्नो रिटमा अघिल्लो रिक्त कार्यकालको सेवासुविधा माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै तत्कालीन सरकारले शाक्यलाई २०७७ माघ २७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । पछि प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि उनको ठाउँमा कुलमान घिसिङको नियुक्ति गरिएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर फेरी हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि कुलमान पनि पुनस्थापनाको माग सहित आज सर्वोच्च पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु