सिड्नी-बुटवल घर भएका विजय ज्ञवाली सन् २००९ मा अष्ट्रेलिया आएका थिए । परिवारको जेठो छोरो विजय सानैदेखि अनेक जिम्मेवारीले बाँधिएका थिए । उनको पढाईका लागि आमा बुबाले गरेको संघर्ष देखेर विजयलाई भविष्यमा केही राम्रो गर्नैपर्छ भन्ने अठोट सानैदेखि थियो ।
नेपालमा उनि इलेक्ट्रिक इन्जिनियर विषयमा स्नातक तहको पढाई सकेर विषयसम्बन्धित काम पनि गर्दै थिए । कामको शिलशिलामा उनको विवाह भयो कल्पनासँग ।
स्नातकाेत्तर तहको पढाईका लागि विजय श्रीमती कल्पनासँग अष्ट्र्लिया आए, अनेकन सपनाको झोला बोकेर । अष्ट्रेलिया आएपछि उनले ईन्फर्मेसन टेक्नोलोजी विषयमा स्नातकाेत्तर अध्ययन सके ।
अध्ययनपश्चात विजय सन् २०१७ मा अष्ट्रेलियामा रियल ईस्टेटको बिजनसमा प्रवेश गरे ।

मल्टीडाईनामिक रियलईस्टेटका सिइओ, मेगराज पौडेलसँगको भेट र उनको प्रेरणाद्वारा रियलईस्टेटको बिजनेसमा आएको विजय बताउँछन् । हाल उनि मल्टिडायनामिक ओवर्न ब्रान्चमा निर्देशकको भुमिकामा छन् ।
रियलइस्टेटको बिजनसमा चुनौती भन्दा पनि अवसर भएको उनको बुझाई छ। तर त्यसका लागि धर्यता, इमान्दारिता र प्रफेसनल तरिकाले काम गर्नुपर्ने उनि बताउँछन् ।
विजय थप्छन् “कडा मेहनत र निरन्तरता भयो भने बजारमा चलिरहने बिजनस भएकाले नोक्सान हुँदैन, लाभ नै हुने हो ।”
अष्ट्रेलियामा पनि सुरुआती जीवन सहज भने थिए । पढाई गर्ने क्रममा श्रीमती कल्पनाको कमाइबाटै उनको स्नातकोत्तर तहको अध्ययन सम्भव भयो।

विजय भन्छन् “कल्पनाको हरदम साथ र उत्साहले प्रवासमा सुरुवाती बसाई र पढाईमा बेहिसाब सहयोग भयो ।”
विजयको जीवन साथी कल्पना अष्ट्रेलियामा रजीष्टार नर्स हुन् । विजय र परिवारको सपना साकार गर्न श्रीमती कल्पनाले मेरुदण्डको भूमिका खेलेको विजय बताउँछन् ।
भनिन्छ, हरेक छोरा मान्छेको सफलताको पछाडि छोरी मान्छेको अहम भूमिका हुन्छ, त्यसैले विजय आफ्नो सफलताको श्रेय आफ्नी श्रीमतिलाई दिन्छन् । उनी भन्छन् “उनको कर्तव्य परायण कर्मलाई धर्म सम्झेर निभएकी हुन् यो कुरा म संसारलाई गर्वका साथ भन्न सक्छु।”
उनी थप्छन् “ईश्वररको सुन्दर उपहार दश वर्षको छोरीले हाम्रो परिवारलाई पूर्णता दिएको छ।”
विषेस गरेर प्रपर्टी म्यनेजमेन्ट, प्रपर्टी सेल्स र प्रपर्टी भाडामा लिन चाहनेहरूले उनी र उनको टिमलाई नेपालीहरूको बाक्लो बसोबास रहेको ओवर्न सेन्ट्रल अवस्थित मल्टिडाएनामिक कार्यलयमा भेट्न सकिनेछ ।
बिजनेस सँगसँगै नेपाली समुदायको सेवाको क्षेत्रमा पनि सकेको सहयोग गर्दै आएका विजय आफुहरु अन्य रियलईस्टेट बिजनस सरहको सेवा दिन सक्षम रहेको दावी गर्छन् ।



