Sunday, September 13, 2026
Zenith Migration Education
Sunday, September 13, 2026

बाथर्स्टमा खुल्यो ‘नेप्लिज फुड हब’ नेपाली रेस्टुरेन्ट

Zenith Migration Education

बाथर्स्ट । अस्ट्रेलियाको बाथर्स्टमा ‘नेप्लिज फुड हब’ नामक नयाँ नेपाली रेस्टुरेन्ट सञ्चालनमा आएको छ। शनिबार आयोजित विशेष समारोहबीच Paul Toole MP ले रेस्टुरेन्टको औपचारिक उद्घाटन गर्दै सञ्चालक तथा परिवारलाई नयाँ व्यवसायका लागि शुभकामना दिएका छन्।

उद्घाटनपछि शुभकामना व्यक्त गर्दै Toole ले नयाँ व्यवसाय सञ्चालनमा आउनु र स्थानीय समुदायमा लगानी भित्रिनु उत्साहजनक विषय भएको बताए। उनले बाथर्स्ट क्षेत्रमा नेपाली समुदायले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै नेपाली संस्कृति, स्वाद र आतिथ्यतालाई सबै समुदायमाझ पुर्‍याउने प्रयास स्वागतयोग्य रहेको उल्लेख गरे।

उनले बाथर्स्टवासीलाई नेप्लिज फुड हबमा पुगेर स्वादिष्ट नेपाली परिकारको स्वाद लिन तथा नयाँ स्थानीय व्यवसायलाई सहयोग गर्न आग्रह गर्दै सञ्चालक परिवारलाई आगामी दिनको सफलताको शुभकामना दिए।

नेप्लिज फुड हबका सञ्चालक मिशेल परियारका अनुसार नेपाली ग्राहकसँगै अन्य समुदायका ग्राहकलाई समेत समेट्ने गरी विभिन्न खाना तथा खाजाका परिकारहरू मेनुमा राखिएको छ।

दक्ष तथा स्थानीय अनुभव भएका सेफ र कर्मचारीमार्फत गुणस्तरीय खाना तथा उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउँदै परियारले रेस्टुरेन्ट सफल हुने विश्वास व्यक्त गरे।

“बाथर्स्ट आउनुहुन्छ भने एकपटक हाम्रो रेस्टुरेन्टमा आएर नेपाली परिकारको स्वाद लिनुहोस् र हामीलाई सेवा गर्ने अवसर दिनुहोस्,” परियारले आग्रह गरे।

बाथर्स्टको ८७ केपल स्ट्रिटमा रहेको नेप्लिज फुड हबको उद्घाटन कार्यक्रममा नेपाली तथा विदेशी अतिथिहरूको उपस्थिति रहेको थियो। सहभागी अतिथिहरूले नेपाली परिकारको स्वाद लिँदै रेस्टुरेन्टको प्रशंसा गरेका थिए।

उनीहरूले नेपाली स्वाद, संस्कृति र आतिथ्यतामार्फत नेप्लिज फुड हब बाथर्स्टकै उदाहरणीय नेपाली रेस्टुरेन्ट बन्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु