Saturday, September 19, 2026
Zenith Migration Education
Saturday, September 19, 2026

बाराका यी क्षेत्रमा तीन दिन दैनिक ६ घण्टा विद्युत् अवरुद्ध हुने

Zenith Migration Education

बारा — बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ अन्तर्गत चकरीदेखि नयाबस्ती हुँदै अमलेखगञ्ज क्षेत्रसम्म तीन दिन दैनिक ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

सिमरा वितरण केन्द्रका अनुसार विद्युत् लाइन स्तरोन्नति गर्न ११ केभी प्रसारण लाइनमा जडित पुरानो एसीएसआर (ACSR) कन्डक्टर हटाएर आधुनिक कभर्ड कन्डक्टर (Covered Conductor) जडान गर्न लागिएको हो।

लाइन स्तरोन्नतिको कामका लागि साउन १७, १८ र १९ गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म नयाबस्ती तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने केन्द्रले जनाएको छ।

वितरण केन्द्रका अनुसार विद्युत् प्रणालीलाई थप सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउन तथा भविष्यमा आउन सक्ने प्राविधिक समस्या न्यूनीकरण गर्ने उद्देश्यले स्तरोन्नतिको काम गर्न लागिएको हो। काम सम्पन्न भएपछि उक्त क्षेत्रमा विद्युत् आपूर्ति अझ सुरक्षित र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

विद्युत् अवरुद्ध हुने अवधिमा आवश्यक वैकल्पिक व्यवस्था मिलाउन उपभोक्तालाई आग्रह गर्दै केन्द्रले मर्मत तथा स्तरोन्नति कार्यका क्रममा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ।

सिमा ठकुरी, बारा

तस्बीर: एआई निर्मित

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु