Saturday, October 24, 2026
Zenith Migration Education
Saturday, October 24, 2026

सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

Zenith Migration Education

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । सोमबार वीरेन्द्रनगरको शुभ होटलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रमस्थलबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो । 

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि सुर्खेतका प्रहरी उपरीक्षक ठाकुर प्रसाद पौडेलको कमाण्डमा खटिएको १० जनाको संख्यामा रहेका बिशेष प्रहरीको टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो । 

सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागको पत्रअनुसार पौडेलाई सोमबार साँझ ५ः१५ बजे पक्राउ गरिएको सुर्खेतका प्रहरी नायव उपरिक्षक कबिन्द्रसिंह बोहोराले बताए । सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु