Friday, October 23, 2026
Zenith Migration Education
Friday, October 23, 2026

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

Zenith Migration Education

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ६० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४७ रुपैयाँ रहेको छ । 

यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ५० रुपैयाँ, मूला रातो प्रतिकिलो २५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।  

मटरकोशा प्रतिकिलो १८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, तीते करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो ४० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ४० रुपैयाँ, घिरौला प्रतिकिलो ३० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, भिण्डी प्रतिकिलो २५ रुपैयाँ, सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, पिंडालु प्रतिकिलो ९० रुपैयाँ, स्कुस प्रतिकिलो ५० रुपैयाँ, कायम गरिएको छ ।  

रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ५० रुपैयाँ, चमसुरको साग प्रतिकिलो ५० रुपैयाँ, मेथीको साग प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी २८० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ, कुरीलो प्रतिकिलो २५० रुपैयाँ, न्युरो प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, कागती प्रतिकेजी १८० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ, केरा (नेपाली) दर्जन १८० रुपैयाँ, केरा (मालभोग) दर्जन २०० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो ८० रुपैयाँ, आँप (दसहरी) प्रतिकिलो ९० रुपैयाँ, तरबुजा (हरियो) प्रतिकिलो ४० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो(लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ४० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, लीच्ची (लोकल) प्रतिकिलो १८० रुपैयाँ, लीच्ची (भारतीय) प्रतिकिलो २८० निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु