Tuesday, July 28, 2026
Zenith Migration Education
Tuesday, July 28, 2026

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

Zenith Migration Education

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

जनमत पार्टीले गत वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । यसअघि जेठ १ गतेका लागि तय गरिएको प्रक्रिया कांग्रेसभित्रको असन्तुष्टि र जनता समाजवादी पार्टी नेपाल को अनिर्णयका कारण स्थगित भएको थियो ।

विश्वासको मत लिनुअघि मधेशको सत्ता समीकरण परिवर्तन भएको छ । जसपा नेपाललाई सरकारबाट बाहिर राख्दै नेपाल कम्युनिष्ट पार्टी ढएमालेण सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु