सिड्नी — अष्ट्रेलियामा अध्ययन, करियर र स्थायी भविष्य निर्माणको यात्रा नेपाली समुदायका लागि अवसरसँगै चुनौतीपूर्ण पनि रहँदै आएको छ। सही सूचना, समयमै मार्गदर्शन र व्यवस्थित कागजी प्रक्रिया अभावमा धेरै विद्यार्थी, कामदार र परिवारहरूले अनावश्यक जोखिम भोग्नुपरेको यथार्थबीच सिड्नीको टाउनहल क्षेत्रमा स्थापना भएको Townhall Education & Visa Services Pty Ltd ले आफूलाई भरपर्दो, पारदर्शी र व्यावसायिक सेवाको केन्द्रका रूपमा स्थापित गरिरहेको छ।

सन् २०२५ मार्च २३ मा दर्ता भई मे ९ देखि औपचारिक सञ्चालनमा आएको यस कम्पनीले छोटो अवधिमै नेपाली समुदायबीच विश्वास जित्न सफल भएको छ। शिक्षा परामर्श, भिसा मार्गदर्शन, कोर्स भर्ना, माइग्रेसन कागजात तयारी, रिभ्यु सहयोगदेखि करियर योजना निर्माणसम्मका सेवामा कम्पनीले व्यावसायिक सहयोग प्रदान गर्दै आएको छ। कम्पनीको उद्देश्य केवल आवेदन प्रक्रिया पूरा गर्नु मात्र नभई सेवाग्राहीको वास्तविक अवस्था बुझेर दीर्घकालीन र सुरक्षित मार्ग तय गर्न सहयोग गर्नु हो।
कम्पनीको कार्यालय सिड्नीको केन्द्र टाउनहल नजिकै, सुलभ स्थानमा अवस्थित छ, जसले सेवाग्राहीलाई सहज पहुँच प्रदान गर्दछ।

अनुभवी नेतृत्व र कानुनी उत्तरदायित्व
कम्पनीको नेतृत्व व्यवस्थापकीय निर्देशक तथा दर्ताप्राप्त माइग्रेसन एजेन्ट रमेश अधिकारीले गरिरहेका छन्। उनले सन् २०२४ मा माइग्रेसन दर्ता प्राप्त गरेपछि अष्ट्रेलियाको माइग्रेसन कानुन, भिसा प्रक्रिया र सेवाग्राही केन्द्रित कार्यशैलीलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरेका हुन् ।
उनको नेतृत्वमा कम्पनीले आचारसंहिता, गोपनीयता, पारदर्शिता र प्रमाणमा आधारित परामर्शलाई उच्च प्राथमिकता दिएको छ। भिसा प्रक्रियामा गलत सूचना वा अपूर्ण कागजातले गम्भीर असर पार्न सक्ने भएकाले कम्पनीले यथार्थ मूल्यांकन र स्पष्ट मार्गदर्शनमा जोड दिएको छ।

रमेश अधिकारी नेपाली समुदायमा पनि सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। विभिन्न सामाजिक संस्थामा उहाँको संलग्नताले समुदायका वास्तविक समस्या बुझ्न र समाधानमुखी सेवा दिन थप सहज बनाएको छ।
बलियो टिम र व्यावसायिक अनुभव
कम्पनीका निर्देशक तथा विपणन व्यवस्थापक सन्दीप लमिछाने अष्ट्रेलियामा नेपाली व्यवसायिक क्षेत्रमा स्थापित नाम हाे। एक दशकभन्दा बढी समयदेखि व्यवसाय, नेटवर्किङ र सामुदायिक गतिविधिमा संलग्न उनको अनुभवले कम्पनीलाई सेवाग्राहीमैत्री बनाउन महत्वपूर्ण योगदान दिएको छ।

यसका साथै कम्पनीमा कार्यरत कर्मचारी टोली पनि अनुभवी, जिम्मेवार र सेवाग्राही केन्द्रित छ। कागजात व्यवस्थापन, भिसा प्रक्रिया समन्वय, शिक्षा भर्ना सहयोग र परामर्श सेवामा दक्ष टिमले सेवाग्राहीलाई सहज र विश्वसनीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
सेवाहरू र कार्यशैली
Townhall Education & Visa Services ले विद्यार्थी भिसा विस्तार, स्नातक भिसा, पार्टनर भिसा, स्पोन्सरशिप भिसा, सीप आप्रवासन, सीप मूल्यांकन, शिक्षा भर्ना सहयोग लगायतका सेवाहरू प्रदान गर्दै आएको छ।

प्रत्येक सेवाग्राहीको अवस्था फरक हुने भएकाले कम्पनीले एउटै ढाँचाको सट्टा “एक सेवाग्राही, एक योजना” को सिद्धान्त अपनाएको छ। यसले सेवाग्राहीको पृष्ठभूमि, योग्यता र लक्ष्यअनुसार अनुकूल मार्गनिर्देशन सुनिश्चित गर्छ।
विद्यार्थी र सीपयुक्त कामदारका लागि सहयोग
विद्यार्थीहरूका लागि कोर्स छनोट, भिसा विस्तार, अध्ययन योजना, स्वास्थ्य बीमा र भविष्यको योजना निर्माणमा सहयोग उपलब्ध गराइन्छ। त्यस्तै सीपयुक्त कामदारका लागि सीप मूल्यांकन, रोजगारी प्रायोजन, अंक प्रणाली प्रक्रिया र आवश्यक कागजात तयारीमा मार्गदर्शन प्रदान गरिन्छ।

शिक्षा क्षेत्रमा साझेदारी
कम्पनीले शिक्षा क्षेत्रमा पनि विस्तार गर्दै केन्टफोर्ड एजुकेसनसँग सहकार्य गरी व्यक्तिगत सहयोग सम्बन्धी प्रमाणपत्र तहको कोर्समा भर्ना सहयोग उपलब्ध गराउन थालेको छ। वृद्ध हेरचाह र अपाङ्गता सहयोग क्षेत्रमा करियर बनाउन इच्छुकहरूका लागि यो अवसर उपयोगी मानिएको छ।
जिम्मेवार परामर्शको आवश्यकता
कम्पनीले माइग्रेसनसम्बन्धी निर्णय गर्दा प्रमाणित र दर्ताप्राप्त विशेषज्ञबाट मात्र परामर्श लिनुपर्नेमा जोड दिएको छ। सामाजिक सञ्जाल वा अपुष्ट जानकारीका आधारमा निर्णय गर्दा जोखिम बढ्ने भएकाले व्यावसायिक मार्गदर्शन अत्यावश्यक हुने कम्पनीको धारणा छ।

आगामी दिनमा कम्पनीले शिक्षा, माइग्रेसन, करियर मार्गदर्शन र सामुदायिक सचेतना कार्यक्रममार्फत सेवा विस्तार गर्ने योजना बनाएको छ। नेपाली समुदायका लागि भरपर्दो सहयोग प्रणाली बन्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको छ।
अष्ट्रेलियामा अध्ययन, भिसा वा करियरसम्बन्धी मार्गदर्शन खोज्नेहरूका लागि Townhall Education & Visa Services एक विश्वसनीय विकल्पका रूपमा स्थापित हुँदै गएको छ।
सम्पर्कको लागीः📞 02 9389 8069 / 0404 002 361
🌐 https://www.thevs.com.au



