Tuesday, September 8, 2026
Zenith Migration Education
Tuesday, September 8, 2026

उपसभामुखमा रूबीलाई मतदान गर्ने रास्वपा संसदीय दलको निर्णय

Zenith Migration Education

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तावित उम्मेदवार रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय पारित गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुख पदमा रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय पारित गरेको हो ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल तथा अन्य विविध विषयमा समेत विचार–विमर्श गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु