Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

सिड्नीमा गस्पेल नेपाली चर्चद्वारा भव्य इस्टर उत्सव सम्पन्न

Zenith Migration Education

सिड्नी — ओबर्नस्थित गस्पेल नेपाली चर्चले इस्टर सन्डे भव्य उत्सवका रूपमा मनाएको छ। बिहान चर्च भवनमा आराधना, प्रवचन तथा प्रार्थनाका कार्यक्रम सञ्चालन गरिएको थियो।

मध्यान्हमा भने सिड्नी पार्कमा विशेष भेला आयोजना गर्दै सामूहिक आराधना गरिएको थियो। कार्यक्रममा विविध आत्मिक गतिविधिहरू सञ्चालन गरिनुका साथै येशू ख्रीष्ट पुनरुत्थान हुनुभएको सन्देशसमेत घोषणा गरिएको थियो।

ख्रीष्टियन विश्वासअनुसार शुक्रबार येशू ख्रीष्टलाई क्रुसमा टाँगिएको दिन मानवताको उद्धारका लागि उहाँले दिनुभएको बलिदानको सम्झनामा मनाइन्छ। त्यसको तेस्रो दिन आइतबार उहाँ मृत्युलाई जित्दै पुनरुत्थान हुनुभएको विश्वास गरिन्छ, जसले आशा, प्रेम र अनन्त जीवनको सन्देश दिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु