Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

Zenith Migration Education

संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा एक नेपाली नागरिकको मृत्यु भएको छ।

मृतक गोर्खा घर भएका २९ वर्षीय दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार श्रेष्ठ ‘मध्य पूर्व कम्पनी’ मा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए।

घटनाबारे यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले पुष्टि गरेको छ। घटनाको प्रकृति र थप विवरण सम्बन्धित निकायले सार्वजनिक गर्ने जनाइएको छ।

दूतावासले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता ल्याउन आवश्यक सम्पूर्ण सहजीकरण गर्ने दूतावासले जनाएको छ।

यसैबीच, दूतावासले यूएईमा रहेका नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न र यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु