Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

नेपाली क्रिश्चियन समाज अष्ट्रेलियामा विजय श्रेष्ठ पुनः अध्यक्ष, दुई वर्षे नयाँ कार्यसमिति गठन

Zenith Migration Education

सिड्नी, फेब्रुअरी १२ — नेपाली क्रिश्चियन समाज अष्ट्रेलिया (एन.सि.एस.ए) ले आफ्नो एक वर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्दै सर्वसम्मत रूपमा विजय श्रेष्ठलाई पुनः अध्यक्ष चयन गरेको छ। सन् २०२५ मा दर्ता भई स्थापना भएको संस्थाले नयाँ दुई वर्षे कार्यकालका लागि कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिमा विजय श्रेष्ठ (अध्यक्ष), पा. अनिस रिमाल (उपाध्यक्ष), तेज प्रजापति (महासचिव), लोगन कुंवर (कोषाध्यक्ष), पा. पावल राई (सदस्य तथा कोअर्डिनेटर, तस्मानिया), पा. दानियल मगर (सदस्य तथा कोअर्डिनेटर, ब्रिस्बेन), जीवन नेपाली (सदस्य तथा कोअर्डिनेटर, पर्थ) र पा. जीवन रायमाझी (प्रवक्ता तथा मिडिया कोअर्डिनेटर) रहेका छन्। त्यस्तै, पाष्टर रुद्र पौडेल र समाजसेवी विष्णु खत्री सल्लाहकारमा मनोनीत भएका छन्। संस्थाले आगामी कार्यकालमा अष्ट्रेलियाभर रहेका नेपाली मण्डलीहरूबीच समन्वय, सहकार्य र एकता सुदृढ गर्दै बृहत् सम्मेलन आयोजना गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु