Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

स्पेनका रेल कर्मचारी सुरक्षाको माग गर्दै हड्तालमा

Zenith Migration Education

स्पेन । स्पेनका प्रमुख रेल युनियनहरूले देशव्यापी हडताल सुरु गरेका छन् । जसमा रेल कर्मचारी र चालकहरूले रेल सञ्चालन सुरक्षामा व्यापक सुधारको माग गर्दै सेवाहरू स्थगित गरेका हुन् ।

यो हडतालका कारण देशभर रेल सेवा रद्द हुँदा यात्रुहरूको यात्रा प्रभावित भएको छ । युनियनका प्रतिनिधिहरूले स्पेनमा हालै भएका रेल दुर्घटनाहरूको श्रृङ्खलाले अग्रपंक्तिका कर्मचारीहरूमा रेल सुरक्षाको अवस्थाबारे चिन्ता बढाएको बताएका छन् ।

हडतालको समयमा, स्पेन सरकारले अत्यावश्यक यातायात आवश्यकताहरू सुनिश्चित गर्न न्यूनतम सेवा स्तरहरू तोकेको थियो । यद्यपि केही मार्गहरूमा सेवाहरू ससमित नै रहे । पछिल्लो जानकारीअनुसार सोही दिन सरकार र युनियनहरू बीच रेल सुरक्षा सुदृढ गर्ने र काम गर्ने अवस्था सुधार गर्ने उपायहरूमा सम्झौता भयो। त्यसपछि हडताल फिर्ता लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु