Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु

Zenith Migration Education

मेक्सिको सिटी । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

यो आक्रमण सलामान्का शहरको छिमेकमा भएको थियो । मेयरको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अधिकारीहरूले आक्रमणका लागि जिम्मेवारहरूको खोजी गर्न अपरेसन सुरु गरेका थिए ।”

विज्ञप्तिमा भनिएको छ, “११ जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र अन्य एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।’’

गोली लागेर १२ जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको बताइएको छ । शनिबार राति पनि सोही शहरमा मानव अवशेषसहित चारवटा झोला फेला परेको थियो ।

गुआनाजुआतो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो, तर सामुहिक हिंसाका कारण देशको सबैभन्दा घातक राज्य पनि बनेको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा मेक्सिकोको हत्याको दर एक दशककै सबैभन्दा न्यून स्तरमा झरेको बताएका थिए तर हत्या दर अहिले पनि अन्य मुलुकको तुलनामा उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु