Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

रेशम चौधरीको उम्मेदवारी खारेज

Zenith Migration Education

काठमाडौँ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेको छ । बिहीबार साँझ आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको निर्णय सुनाएको हो ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उमेदवारीविरुद्ध परेको उजुरीमा उजुरी कायम हुनेगरी उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयबाट निर्णय भएको छ ।

त्यस्तै आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर निर्वाचन अधिकृतको कार्यालयहरुबाट निर्णय भए बमोजिम चारवटा उजुरीहरु खारेज भएका जानकारी दिए ।

उहाँले भन्नुभयो, ‘‘आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर आज निर्वाचन अधिकृतको कार्यालयहरुबाट निर्णय भए बमोजिम चारवटा उजुरीहरु खारेज भएका छन् र एउटा उजुरी कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर एकमा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उमेदवारीविरुद्ध परेको उजुरीमा उजुरी कायम हुनेगरी उहाँको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयबाट निर्णय भएको जानकारी हाम्रो सूचना प्रविधिको प्रणालीबाट निर्वाचन आयोगलाई प्राप्त भएको छ ।’’

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । जसमा पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । भक्तपुर २ मा दुई वटा, सुनसरी २, रौतहट १, कैलीली १ मा भने एक—एक वटा उजुरी परेका थिए । जसमध्ये चार वटा उजुरी खारेज भएका छन् भने रेशमलाल चौधरीको उम्मेदवारी भने खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु