Monday, August 3, 2026
Zenith Migration Education
Monday, August 3, 2026

मन्त्रालयका काम परिणामुखी बनाउन सञ्चार सचिवको निर्देशन

Zenith Migration Education

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले सबैको साथ सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताएका छन् । आज मन्त्रालयमा पदवहालीका क्रममा उनले सेवा प्रवाहलाई नागरिकमैत्री, चुस्त र प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए ।

“यो मन्त्रालय मेरा लागि नितान्त नयाँ हो, प्रशासनिक धेरै अनुभव हाशिल गरेँ”, उनले भने, “परिणाममुखी नतिजा दिन सबै जिम्मेवार भएर लाग्नुपर्छ ।” यसअघि उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिवको जिम्मेवारीमा हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु