Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

पश्चिमी अस्ट्रेलियामा ‘बुशफायर’ का कारण निकासी आदेश जारी

Zenith Migration Education

सिड्नी । पश्चिमी अष्ट्रेलिया (डब्लुए) को एउटा सहरका बासिन्दाहरूलाई बुधबार जीवनलाई जोखिममा पार्ने ‘बुशफायर’ (भिषण आगलागी) का कारण तुरुन्तै प्रभावित क्षेत्र खाली गर्न आदेश दिइएको जनाइएको छ ।

डब्लुए डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस (डीएफयीएस) ले बुधबार जारी गरेको आपतकालीन सतर्कताले पर्थको लगभग १६० किलोमिटर दक्षिणमा रहेको कोली सहरको दक्षिणी भागका मानिसहरू खतरामा रहेको उल्लेख गर्दै बाँच्नका लागि तुरुन्तै स्थानान्त्रण गर्न आवश्यक रहेको बताएको छ ।

बुधवार पहिलो पटक रिपोर्ट गरिएको बुशफायरले मानव जीवन र घरहरूको लागि खतरा उत्पन्न गरेको जनाइएको छ । यस क्षेत्रका मानिसहरूलाई सुरक्षित भएमा उत्तरतर्फ जान आदेश दिइएको छ ।

बाहिर निस्कन नसक्ने जो कोहीलाई बग्ने पानी र बाहिर निस्कने ठाउँ भएको कोठामा शरण लिन भनिएको छ । मौसम विभाग (बिओएम) का अनुसार पूर्वी कोल्लीमा बुधबार अधिकतम तापक्रम ३६.८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

सन् २०२१ मा अन्तिम राष्ट्रिय जनगणनाको समयमा कोलीको जनसङ्ख्या आठ अजार ८१२ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु