काठमाडौँ । काठमाडौं महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले यसबारे जानकारी गराएका हुन् ।
धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पत्ति संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न नगर प्रहरीलाई निर्देशन दिए । नगर प्रहरी प्रमुख जोशीले काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने बानी हटाउन पनि चेतावनी दिए ।
अहिले धेरै कुराहरु नियन्त्रणमा आइसकेकाले अब मनिटरिङ मात्रै गरे पुग्ने बताए । सबैसँग सभ्य र नरम भाषामामा बोल्न सुझाव दिए ।
उहाँले सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन महानगर प्रहरीलाई निर्देशन दिए । विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने पनि बताए ।



