Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

Zenith Migration Education

वालिङ (स्याङ्जा) । स्याङ्जामा मङ्गलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वालिङ–चापाकोट पक्की सडकखण्डअन्तर्गत वालिङ–७ धोडेपानीमा लु३त ५१७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा वालिङ–७ केवरेका ६५ वर्षीय डोलराज कोइराला र कैलालीको टीकापुर–७ का ३५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिए ।

ट्याक्टर दुर्घटनामा परी घाइते भएका सबैलाई वालिङस्थित गर्हौं प्राथमिक अस्पताल पठाइएकोमा चिकित्सकले अपराह्न ४ बजे मृत घोषणा गरेका थिए । ट्याक्टर दुर्घटनामा परी घाइते हुनेमा ट्याक्टर चालक पश्चिम नवलपरासी सरल गाउँपालिका–१ अनन्दनगर बस्ने २८ वर्षीय लालबहादुर सुनार, कैलालीको लम्की नगरपालिका–५ पाँचचौर बस्ने २२ वर्षीय श्याम चौधरी, लम्की नगरपालिकाकै ३९ वर्षीय लक्ष्मण चौधरी र दाङको राप्ती गाउँपालिका–५ बस्ने ३५ वर्षीय हुकुमबहादुर दर्लामी घाइते भएका सूचना अधिकारी चौधरीले जानकारी दिए ।

घाइते भएका चार जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । वालिङबाट ढुङ्गा लिएर चापाकोटतर्फ जाँदै गरेको उक्त ट्र्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै १० मिटर तल खोल्सामा खसेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु