Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

बागमती, लुम्बिनी र सुदूरपश्चिमका प्रदेशसभा सदस्यद्वारा राजीनामा

Zenith Migration Education

काठमाडौँ । बागमती, लुुम्बिनी र सुदूरपश्चिम प्रदेशका तीन जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले सोमबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुपाल्चौक क्षेत्र नं २ मा प्रत्यक्षतर्फ टिकट दिएपछि दुलालले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् । गत २०७९ सालको प्रदेशसभा सदस्यमा सिन्धुपाल्चौक क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

पार्टीले विश्वास र भरोसा गरेर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको टिकट दिएपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको दुलालले बताए । “प्रदेशसभा सचिवालयमा राजीनामा बुझाएर भर्खरै सिन्धुपाल्चौक आफ्नो क्षेत्र फर्केको छु”, उनले भने, “भोलि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने छु ।”

यता बागमती प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले प्रदेशसभा सदस्य दुलालको राजीनामा पत्र सचिवालयमा आइसकेको र दर्ता गरी स्वीकृत गर्ने प्रक्रिया अघि बढेको बताए ।

यसैगरी, लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन् । २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित बनियाँले आजदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसमक्ष राजीनामा पत्र बुझाएको उनले जानकारी दिए । राजीनामा दिनुभएका बनियाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट उम्मेदवारी दिने जानकारी दिए । “पदमा हुँदा लुम्बिनी प्रदेश र सम्पूर्ण मर्चवारवासीको हितमा इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु,” उनले भने ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् । डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले राजीनामा दिएका हसुन् । प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले आइतबार इमेलमार्फत राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिनुभएका डा जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु