Tuesday, May 5, 2026
Zenith Migration Education
Tuesday, May 5, 2026

खेलकुदमन्त्री गुप्ताद्वारा राजीनामा

Zenith Migration Education

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका हुन् ।

“उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाउनुभएको छु,” उनले भने, “आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।”

जेनजी आन्दोलनपछि गठन भएको सरकारमा उहाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका थिए । वर्तमान सरकारमा उहाँ जेनजी पुस्ताको प्रतिनिधित्व गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु