Tuesday, May 5, 2026
Zenith Migration Education
Tuesday, May 5, 2026

चिलीमा डढेलोमा परी कम्तीमा १५ जनाको मृत्यु

Zenith Migration Education

सान्टियागो (चिली) । चिलीको दक्षिणी क्षेत्रमा लागेको डढेलोका कारण कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ५० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सार्न बाध्य भएको सरकारले आइतबार जनाएको छ ।

सुरक्षा मन्त्री लुइस कोर्डेरोले सान्टियागोबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको नुबल र बायोबायो क्षेत्रमा दुई दिनदेखि लागिरहेकोे डढेलामा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा १५ रहेको पुष्टि गरे ।

राष्ट्रपति गेब्रियल बोरिकले डढोलो प्रभावित क्षेत्रमा आपतकालको अवस्था घोषणा गरेका छने् । दक्षिणी गोलार्धको गर्मीमा तेज हावा र तातो मौसमको कारण आगो निभाउने प्रयास सफल हुन सकेको छैन ।

देशभरि लगभग दुई दर्जन डढेलोहरू जलिरहेका छन्, जसमध्ये धेरै न्यूबल र बायोबायोमा छन् । गृहमन्त्री अल्भारो एलिजाल्डेले भने, “हामीले जटिल अवस्थाको सामना गरिरहेका छौँ ।”

राष्ट्रपति बोरिकले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा न्यूबल र बायोबायोमा आपतकालको घोषणा गरिएको जानकारी गरएका छन् । “आगलागी नियन्त्रणको प्रयास भइरहेको र सबै सम्भावित स्रोतहरू उपलब्ध गराइएको छ,” बोरिकले लेखेका छन् ।

‘नेशनल सर्भिस फर डिजास्टर प्रिभेन्सन एन्ड रेस्पोन्स’ की निर्देशक एलिसिया सेब्रियनका अनुसार अधिकांश उद्धार कार्य लगभग ६० हजार मानिसहरू बसोबास गर्ने पेन्को र लिक्र्वेनको बायोबायो नगरमा गरिएको छ ।

स्थानीय टेलिभिजनले प्रसारण गरेका तस्वीरमा दुवै नगरमा आगो लागेको र सडकमा डढेका कारहरू रहेका देखाइएको छ । हालैका वर्षहरूमा दक्षिण–मध्य चिलीमा डढेलोले गम्भीर असर पारेको छ।

सरकारी अभियोजकको कार्यालयका अनुसार सन् २०२४ फेब्रुअरीमा सान्टियागोको उत्तरपश्चिमको ‘भिना डेल मार’ नगर नजिकै एकैसाथ धेरै आगलागी भएको थियो, जसको कारण १३८ जनाको मृत्यु भएको थियो ।

ती डढेलोबाट करिब १६ हजार मानिस प्रभावित भएको अधिकारीहरूले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु