Wednesday, February 11, 2026
Zenith Migration Education
Wednesday, February 11, 2026

धरानका प्रमुख हर्क साम्पाङले दिए राजीनामा

Zenith Migration Education

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् । उनले कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् ।

आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु